१३ बैशाख २०७४, बुधबार

संविधान संशोधनको विधेयकमा असन्तुष्ट जनाउँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार अपरान्ह् बसेको संसद बैठक अवरुद्ध गरेका छन् । तराई मधेसका ११ जिल्लामा नयाँ मापदण्ड अनुसार स्थानीय तहको संख्या सिफारिस गर्न गरेको परिपत्र प्रति असन्तुष्टि जनाउँदै पुन संसद बैठक विरोध गरेको हो ।
अपरान्ह् बसेको संसद बैठक सुरु भएलगत्तै समय लिएर बोल्दै उपप्रधानमन्त्री कमल थापाले मन्त्रिपरिषदबाटै उप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा चार सदस्यीय कार्यदल समेत बनाएको बताउनुभएको थियो । संख्या वृद्धि गरेर पहाडमा जस्तै गाउँपालिकालाई २२ हजार र नगरपालिकालाई ३१ हजार जनसंख्याको मापदण्ड तोकिएको बताउनुभएको थियो । तर, उपप्रधानमन्त्री थापाले दिएको जवाफ चित्त बुझदो नभएको भन्दै एमाले सचेतक भानुभक्त ढकालले विरोध जनाउनुभएको थियो ।

LIVE TV