
- यादव देवकोटा
चुह्लोमा आमा
धुलोमा आमा
दैलोमा आमा
मैलोमा आमा
मेलामा आमा
ठेलामा आमा
बारीमा आमा
आलीमा आमा
गोठमा आमा
मोठमा आमा
जाँतोमा आमा
हातोमा आमा
किलोमा आमा
हिलोमा आमा
खोरियामा आमा
फरियामा आमा
अँधेरीमा आमा
पंधेरिमा आमा
नाम्लोमा आमा
दाम्लोमा आमा
सुखमा हास्ने आमा
दुखमा बाच्ने आमा
पिंढी लिप्ने आमा
दाउरा टिप्ने आमा
हात समाइदिने आमा
हाँसेरै अघाइदिने आमा
बिचरा ! मेरी आमा !
आज मातातीर्थ औंसी आमाको सम्मान गरी श्रद्धापूर्वक मनाइँदै छ !