१३ बैशाख २०७४, बुधबार

आज मातातिर्थ औंशी । अर्थात् जन्मदिने आमाको मुर्ख हेर्ने दिन । आज श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमा बाट शुभ आशिर्वाद ग्रहण गरेर मनाउँदै छन् ।

हरेक वैशाख कृष्णपक्ष औँशीको दिन ९ महिना गर्भमा राखेर निकै कष्ट सहेर जन्मदिने आमालाई सम्झिने दिन । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

आमा हुनेहरुले आमालाई बिहान भेटेर मिठो खानेकुरा खुवाएर, सम्मान गरेर मनाउने गर्दछन् भने आमा नहुनेहरुले आमाको सम्झनामा बत्ति बाल्ने गर्दछन् ।

मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

LIVE TV