१२ बैशाख २०७४, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । नेपालको स्थानीय तह निर्वाचनबारे चासो राख्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहालाई टेलिफोन गरेर स्थानीय तह निर्वाचनका लागि भारतले सहयोग गर्ने बताएका हुन् ।

मंगलबार अपरान्ह् भएको टेलिफोन वार्तामा मोदीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका थिए ।
उनले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु नै वर्तमान सरकारको सफलता भएको र निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहेको बताउनुभएको प्रधानमन्त्रीको नीजि सचिवलायले जनाएको छ । टेलिफोन बार्तामा प्रधानमन्त्री दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएका थिए ।

LIVE TV