१२ बैशाख २०७४, मंगलवार

काठमाडौं । करिब दुइ सय बर्ष पुरानो इतिहास बोकेको धरहरा ढलेको २ बर्ष बितिसक्दा पनि धरहरा कस्ले बनाउने भन्ने अन्यौल उस्तै छ । बैशाख १२ को विनाशकारी भूकम्पको दुई वर्ष पुगेको दिन मंगलबार मध्यान्ह धरहरा पुग्दा सुनसान खण्डहर मात्र थियो ।

दुइ वर्ष अघि वैशाख १२ गते लडेको धरहरा र त्यसमा परेर ज्यान गुमाएका प्रति श्रद्धान्जली दिन यसपाली धरहरामा कोहि पनि पुगेनन् । २०७२ साल बैशाख १२ गते ११ बजेर ५६ मिनेट जाँदा लडेको धरहरा मा हामी सोहि समय मंगलबार पुगेका थियौं । धरहराको वातावरण हेर्दा लाग्थ्यो मानिसहरु बैशाख १२लाई बिर्सने कोशिस गरिरहेका छन् ।
मंगलबार धरहरामा भेटिएका केहि सर्बसाधारणले धरहरा नदेख्दा पिडा भएको भन्दै विभिन्न चोकमा उभ्याइएको साना धरहरामा त आत्मीयता नै हँुदैन रहेछ भन्दै सरकारले देशको इतिहास बोकेको धरहरा निर्माणमा ध्यान नदिएको गुनासो गरे ।
हामीले धरहराको भग्नावशेष रहेको स्थलको ढोका खोल्न लगायौं । धरहराको भग्नावशेषमा झारहरु पलाएका छन् । यता उता तित्तर बित्तर पुराना समानहरु अझै किचिएका अवस्थामा छन् । दुई वर्षअघिसम्म निकै भिडभाड हुने धरहरा परिसरको यो अवस्था देख्दा जो कोहीलाई पनि दुःखी बनाउँछ ।

 

LIVE TV