
एन आर एन कान्साइले जापानको ओसाकामा सम्पन्न १५ औ जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तरास्ट्रिय प्रतियोगितामा बिजयि खेलाडी हरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । रात्री भोज को आयोजना गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा एन आर एन कान्साइले खेलाडी हरुको खेल सामाग्री खरिद गर्न जापानी एन ५० हजार नगद सहयोग रकम प्रादान गरेको थियो । सहयोग रकम एन आर एन कान्साइ को तर्फ बाट कार्यबहाक संयोजक भुमी राज दवाडीले हस्तान्तरण गर्नु भएको थियो ।
उक्त अबसरमा खेलडी हरुको तर्फ बाट कार्यक्रममा सहयोग गरे बापत एन आर एन कान्साइ लगएत एन आर एन कान्साइका निबर्तमान संयोजक नरेन्द्र बस्नेत दिनेश र सहयोगी ईश्वर खड्कालाई मायाको चिनो प्रदन गरिएको थियो । कार्यक्रममा एन आर एन आइसिसी सदस्य तुलसी राम खेरेल ,एन आर एन जापानका सदस्य डिला राम सापकोटा ,कान्साइमा रेहेका बिभिन्न सामाजिक संथाका प्रतिनिधि लगायत कान्साइ बासी नेपाली हरुको बाक्लो सहभागीता रहेको थियो ।
यही अप्रिल २३ तारिकमा सम्पन्न १५ औ जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तरास्ट्रिय प्रतियोगितामा १६ देसको २९ र २७ खेलाडी हरुलाइ हराउदै क्रमश २५ केजी का १० बर्ष का प्रजुन कुइकेल ले फाइनलमा कजाकिस्तान लाई हराउदै स्वर्ण पदक र १० बर्ष कै २९ केजी का बिबेक श्रेष्ठले फाइनल मा मकाउ लाई हराउदै गोल्ड मेडल जितेका थिए ।
त्यसैगरी तिलक लामा ७४ केजी मुनिको फाईनलमा हङ्कङ का खेलाडी सँग पराजित भै दोश्रो पदक हात पार्न सफल भएका थिए । बिबेक श्रेष्ठले पुम्से विधामा पनि कास्य पदक जिते भने १० बर्षकी प्रगती कुइकेल ले मलेसिया लाई हराउदै सेमिफाइनल पुगेको तर सेमिफाइनलमा जापान सग पराजित हुँदै कास्य पदक मा सिमित भएकी थिइन भने बिबेक श्रेष्ठले जूनियर तर्फ उत्कृष्ट खेलाडीको उपाधि हात पारे। टिमको प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन । बिभिन्न विधामा गरी जम्मा पाँच सय जना खेलाडीले भाग लिएको प्रतियोगितामा स्थानिय सहयोग एनआरएन कान्साइका निवर्तमान संयोजक तथा क्योउदाइ रेमिटान्स (आइ.एम.इ.) कान्साईका प्रमुख नरेन्द्र बस्नेत ले गर्नुभएको थियो । खेलाडीहरुको हौसला र सहयोगको लागि ओसाकामा एन.आर.एन कान्साइ तथा कान्साई बासि नेपालीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
टोली २५ तारिक साँझ एन आर एन तोकाही होकिरिकु ले नागोयामा राखेको स्वागत तथा अन्तरक्रिया कार्यक्रम मा सहभागी भै टोक्यो हुदै २९ तारिक नेपाल फर्किनेछ ।