१२ बैशाख २०७४, मंगलवार

काठमाण्डौ । स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र र उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक आज पनि बसेको छ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकमा पार्टीको घोषणापत्र निर्माणका लागि सदस्यहरुबाट सुझाव संकलन गर्दैै महानगर र उपमहानगर सहित नगरप्रमुख र उपप्रमुखको उमेदवारको बिषयमा छलफल भइरहेको छ ।

एमाले स्थायी समिति बैठकमा जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप दिनेबारे छलफल भइरहेको बताइएको छ । बैठकले स्थानीत तह निर्वाचन लक्षित चुनावी घोषणा पत्रलाई समेत अन्तिम रुप छ ।

संरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक प्रति असन्तुष्टि जनाएको प्रमुख प्रतिपक्षी एमालेको स्थायी बैठकले थप रणनीति बनाउने बताइएको छ ।

LIVE TV