१२ बैशाख २०७४, मंगलवार

पेरिस । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले सोमबार एक राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा आफ्नो समर्थन युरोपिया युनियन ९ईयू० पक्षधर मध्यपन्थी नेता इम्यानुएल म्याक्रोनलाई हुने बताए ।

आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार म्यारिन ले पेन विजय हुनु फ्रान्सका लागि खतरा हुने अलान्दले टेलिभिजनद्वारा प्रशारित एक विज्ञप्तिमा बताए ।

राष्ट्रपति अलान्दले विज्ञप्तिमा भन्नुभएको छ, फ्रान्स यदि ईयूविरोधी ले पेन राष्ट्रपति भएमा फ्रान्स ईयूबाट एक्लिने सम्भावना रहेको यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएको छ । त्यसैले राष्ट्रका हितका लागि र फ्रान्स–ईयूबीचको सम्बन्ध यथावत राख्नका लागि मेरो मत आगामी चरणमा म्याक्रोनलाई दिने निर्णय लिएको छु ।

फ्रान्समा पहिलो चरणको निर्वाचन आइतबार भए पनि यसबाट राष्ट्रपतिका लागि आवश्यक पर्ने मत कसैको पनि आउने देखिएको छैन ।

LIVE TV