१२ बैशाख २०७४, मंगलवार

जस्टिन द्रू बीबर (जन्म मार्च १, १९९४), एक क्यानेडाली पप / आर एन्ड बी गायक, गीतकार र अभिनेता हुन। बीबर २००८ मा स्कुटर ब्रनद्वारा पत्ता लगाईएका हुन, जसले युट्युबमा बीबरको भिडियो हेरेका थिए र पछि उनैको प्रबंधक बने।

ब्रनले उनलाई अटलांटा, जर्जियामा अश्शर सँग भेट्ने व्यवस्था मिलाईदिए र बीबर रेमंड ब्रन मिडिया ग्रूप (आर बि एम जि), ब्रन र अश्शरको संयुक्त कम्पनि, सँग अनुबन्धित भए,र त्यस पछि एल. ए. रीडको प्रस्तावमा आइल्यान्ड रेकर्ड्ससँग रेकर्डिंग गर्ने मौका पनि पाए। बीबरको पहिलो एकल गीत, “वान टाईम”, २००९मा निस्केको थियो र क्यानाडामा शीर्ष दसमा र धेरै अन्तर्राष्ट्रिय बजारमा शीर्ष तीसमा उक्लिन सफल भएको थियो। उनको पहिलो एल्बम, सात ट्र्याक भएको – “माई वर्ल्ड”, नोभेम्बर २००९मा जारी गरियो, जुन संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भयो। उनी आफ्नो पहिलो एल्बमबाट सातवटा गीत “बिलबोर्ड हट ‍‍१००”मा हुने पहिलो कलाकार बन्न पुगे।

बीबरको पहिलो पुर्ण स्टुडियो एल्बम, “माई वर्ल्ड २.०”, मार्च २०१०मा जारी भएको थियो। यो धेरै देशहरूमा नं. एक या शीर्ष दस भित्र पर्न सफल भएको थियो र संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भएको थियो। यो एल्बमभन्दा पहिले बीबरको निक्कै चर्चित र संसारभरको शीर्ष दसमा पर्ने गीत, “बेबी” निस्किएको थियो। “बेबी”को भिडियो युट्युबमा हालसम्मकै सबैभन्दा धेरै पटक हेरिएको र सबैभन्दा बढि चर्चा भएको भिडियोको रूपमा क्रमित छ। आफ्नो पहिलो एल्बम निकाले पछि बीबरले आफ्नो पहिलो टुर – “माई वर्ल्ड टुर” गरे, रिमिक्स एल्बमहरू “माई वर्ल्डस अकस्टिक” र “नेभर से नेभर – द रिमिक्सेस” निकाले, र ३ डी कन्सर्ट फिल्म पनि जारी गरे। बीबरले आफ्नो दोस्रो स्टुडियो एल्बम, “अन्डर द मिसलटो” नोभेम्बर २०११मा निकाले, जुनले “बिलबोर्ड २००”मा नम्बर एकमा डेब्यु गर्‍यो। बीबरले थुप्रै पुरस्कारहरू पनि पाएका छन जस्तै २०१०को “अमेरिकी संगीत पुरस्कार”मा वर्षको कलाकार र धेरै पुरस्कारको लागि नामांकित भए ।

LIVE TV