१२ बैशाख २०७४, मंगलवार

इटहरी । सुनसरी जिल्लाको साविक श्रीपुर गाबिस अर्थात् कोसी गाउँपालिका–५ का अग्निपीडित ४४ घर मुस्लिम समुदायलाई रोटरी क्लब इटहरीको सक्रियतामा सोमबार राहत प्रदान गरिएको छ ।

रोटरी क्लब अफ इटहरीको सक्रियता तथा रोटरी क्लब काठमाडौँ र इङ्लेन्ड रोटरीको सहकार्यमा अग्निपीडित परिवारलाई इङ्लेन्ड रोटरीबाट प्राप्त अग्निपीडित राहत सामग्री पहल नेपालको सहजीकरणमा अग्निपीडितलाई वितरण गरिएको हो ।

विशेषगरी अग्निपीडितका लागि आवश्यक पर्ने आधारभूत सामग्री करिब रु ११ लाख बराबरको रहेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष लक्ष्मी धिताल र सचिव सुरेश कार्कीले जानकारी दिए ।

उक्त राहत सामग्री रोटरी क्लब इटहरीका पदाधिकारी लक्ष्मी धिताल, सुरेश कार्की, अनन्त विष्ट, दीपेन्द्र गौतम, बिजुबहिनी श्रेष्ठलगायतले अग्निपीडितलाई वितरण गरेका थियो ।

अग्निपीडित राहत वितरण सशस्त्र प्रहरी र स्थानीयवासीको सहकार्यमा गरिएको हो । आगलागीमा कम्तीमा रु एक करोडभन्दा बढीको नोक्सानी भएको बताइएको छ । रासस

LIVE TV