१२ बैशाख २०७४, मंगलवार

उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रमबारे अमेरिकाले गम्भीर चासो देखाएको छ । उत्तर कोरियाको विषयमा जानकारी गराउन अमेरिकी सिनेटका सबै सदस्यलाई ह्वाइट हाउसमा बोलाइएको छ ।

उत्तर कोरियाको विषयमा ह्वाइट हाउसमा बुधबार हुने ब्रिफिङ हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसरी सिनेटका सबै सदस्यालाई कुनै एक विषयमा जानकारी गराउन वा छलफलका लागि ह्वाइट हाउस बोलाउनु असामान्य मानिने गरिएको छ ।

ब्रिफिङमा एक सय सिनेटरसहित विदेश मन्त्री रेक्स टिल्लर्सन र रक्षा मन्त्री जेम्स म्याटिस पनि सहभागी हुनेछन् । उत्तर कोरियाकै विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबिच आइतबार टेलिफोन वार्ता भएको थियो । छलफलका क्रममा चिनियाँ राष्ट्रपति सीले संयमता अपनाएर कुनै पनि किसिमको तनावको अवस्था आउन नदिन आग्रह गरेका थिए ।

ट्रम्पले भने बढ्दै गएको विवादले कोरिया प्रायद्विपमा स्थिरता नआउने प्रतिmित्रया दिएका थिए । उत्तर कोरियाको मुख्य सहयोगीको रुपमा रहँदै आएको चीनले सबै पक्षलाई संयम हुन आग्रह गर्दै आएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रम र त्यसमाथि अमेरिकाको गम्भीर चासोका कारण कोरिया प्रायद्विपमा तनाव उत्पन्न भएको छ ।

LIVE TV