१२ बैशाख २०७४, मंगलवार

भारतको मध्य छत्तिसगढ राज्यमा नक्सलवादी विद्रोहीद्वारा गराइएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । घटनामा सात सुरक्षकर्मी घाइते भएका छन् ।

भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका कम्तिमा २४ जना अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको हो । यसअघि धराप विस्फोटमा सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ जवानको ज्यान गएको र सात जना घाइते भएका बताइएको थियो ।

घटनामा घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि नजिकैको अस्पतालमा पु¥याइएको थियो । बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको अर्ध सैन्य समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो । उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो ।

यसैबीच, घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

LIVE TV