११ बैशाख २०७४, सोमबार

काठमाडौं । कुल जीवनदेखि माओवादीमा राजनीति गर्दै आएका सानै उमेरदेखि विद्रोही स्वभावका राजेश अर्याल १४ वर्षको उमेरदेखि माओवादी आन्दोलनमा सहभागी भएका हुन् ।

आफ्नो शरीरको रगतमा माआवादी बगेको भन्दै र यो अस्तित्वको लडाईं भन्दै सिन्धुपाल्चोक ३ नम्बर क्षेत्रमा रहेका युवाहरुलाई समेट्दै उनी ०६४ र ०७० सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टीलाई सहयोग गरेका हुन् ।

तर, यसपालीको स्थानीय निकायको चुनावमा उनी आफ्नै गाउँमा गएर चुनावी प्रचारप्रसारमा लाग्ने सोच बनाएका छन् । लामो समयसम्म काठमाडौंमा रहेर पार्टीको लागि काम गरेका अर्याल भन्छन्, ‘राजनीति शहरमा बसेर होइन, आफ्नै गाउँमा गएर गर्नुपर्दो रहेछ ।’

यो चुनावमा नै गाउँपालिका वा वडा अध्यक्षमा उठ्ने सोच बनाएका अर्याल भन्छन्, ‘ मैले जनताका धेरै समस्याहरु नजिकबाट नियाल्ने मौका पाए, जनता जहिले पनि छिटो, छरितो आफ्नो काम बनोस् भन्ने आसामा रहेका हुन्छन् र आफनो गाउँठाउँको विकास खोजिरहेका छन् । जनताको त्यो चाहाना पुरा गर्ने र जनताको काममा समर्पित त हुने ईच्छा जागे पनि अहिले नै मेरो उमेर नपुगेको जस्तो सोचेर पछि हटेको हुँ ।’

यदि अरु कसैको ठाउँमा म उठेको भए पनि जनताले मलाई जिताउनको लागि हरदम प्रयास गर्नु हुन्थ्यो भन्ने मलाई विश्वास छ, तर पनि अहिलेदेखि नै अर्को चुनावमा उठ्ने मनाशय बनाएर गाउँ विकासको लागि निक महत्वपूर्ण भूमिका खेल्नेछु । उनले भने ।

LIVE TV