११ बैशाख २०७४, सोमबार

धनगढी ,  वैशाख । कैलालीको साबिक फूलबारी गाविसकी फुटबल खेलाडी स्व ममता सिकेको परिवारलाई रु ५० हजारको सहयोग प्रदान गरिएको छ ।

केही महिनाअघि निधन भएकी सिकेको परिवारलाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले उपलब्ध गराएको उक्त रकमको चेक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रकाश विष्टले आज हस्तान्तरण गर्नुभयो ।

एन्फामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य गणेश चन्दको पहलमा उक्त रकम उपलब्ध गराइएको बताइएको छ । सुदूरपश्चिमको महिला फुटबलमा सिकेले पु¥याएको योगदानको स्मरण गर्दै सहयोग गरिएको एन्फाले जनाएको छ ।

LIVE TV