१ बैशाख २०७४, शुक्रबार

बारा । नयाँ वर्षलाई स्वागत गर्दै होटल व्यवसायी संघ बाराले प्रदेश नम्बर २ मैं पहिलो पटक सिमरामा तीन दिने बारा खाना महोत्सवको आयोजना गरेको छ । सड्क मैं खाउँ सड्क मैं रमाऔं भन्ने नाराका साथ संघले सिमराको एयरपोर्ट रोडमा खाना महोत्सवको आयोजना गरेको हो ।

करिब एक लाख सहभागीले अवलोकन गर्ने, खाना खाने उक्त महोत्सवमा तीन दिन राष्ट्रिय स्तरका एक दर्जन कलाकारले सड्क मैं सांगितिक कार्यक्रम प्रस्तुत गर्ने होटल व्यवसायी संघ बाराले जनाएको छ । २५ ठूला स्टलमा विभिन्न जनजातीको परिचय झल्किने खाना, नास्ता तथा सहायक स्टलमा तयारी खाना राखिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

प्रत्येक स्टलहरुमा मूल्य सुचि राखि बिक्री गरिने महोत्सवमा करिब १ करोडको कारोवार हुँने आयोजकको अनुमान छ । महोत्वमा राखिएका स्टलहरुमा नेवारी खाना, थारु खना, नेपाली खाना, चाईनिज खाना, विभिन्न माससका परिकार लगायतको खानाहरु राखिएका छन् । महोत्सव अवलोकन गर्न बारा, पर्सा, रौतहट, मकवानपुर तथा भारतीय सिमावर्ती सहर रक्सौलबाट समेत आएका छन् ।

 

LIVE TV