२४ चैत्र २०७३, बिहीबार

काठमाडौं । व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण भोलि शुक्रबार सुरु हुँदै छ । वैशाख १ गते शुक्रबार एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार खेलकुद मैदान मर्मत, नयाँ मञ्च निर्माणलगायत कार्य सम्पन्न भइसकेको छ ।

राष्ट्रिय गानका रचनाकार व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउन तथा विकास गर्ने उद्देश्यले स्थानीय युवाको अग्रसरतामा २०६८ सालदेखि उक्त प्रतियोगिता ओखलढुंगाको हिलेपानी–सोक्मटारस्थित बालेमबगरमा आयोजना हुँदै आएको छ ।
विगतमा कोजाग्रत पूर्णिमाका दिन सुरु हुँदै आएको प्रतियोगिता यस वर्ष दूधकोसी नदी बगरमा रहेको खेल मैदान बाढीका कारण क्षतिग्रस्त भएपछि अहिले गर्न लागिएको आयोजकले जनाएको छ ।
नयाँ नेपाल सरोकार समाज, हिलेपानी फुटबल क्लब, दुधकौशिका प्राथमिक विद्यालयसहित व्याकुल माइला गोल्डकप मूलसमारोह समिति आयोजकमा छन् । यसपटक ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सोलुखुम्बु, काठमाडौं, ललितपुरलगायत विभिन्न जिल्लाका १६–१७ टिम सहभागी हुँदै छन् ।

LIVE TV