
- प्रकाश सिग्देल /शरद आचार्य,
चितवन । खेम्स क्लिनिङ सर्भिसले चितवन जिल्लामा उदाहरणीय काम गरेर देखाएको छ । मानिसको चाहना र ईच्छाशक्ति भए जसरी पनि समाज रुपान्तरणमा सहयोग गर्न सक्नेरहेछ भन्ने उदाहरण बनेको छ– खेम्स ।
चितवनबाट उच्च शिक्षाको शिलशिलामा अस्ट्रेलिया पुगेका खेम शर्माले अस्टेलियामा स्थापना गरेको खेम्स क्लिनिङ सर्भिस चितवनका सरकारी कार्यालयहरुमा भोलियन्टिर्यस सरसफाई कर्मचारी परिचालन गरेर सरसफाईका लागि नमूना बनेको हो ।
अष्ट्रेलियाको सिड्नीमा डेड वर्ष अघि स्थापना गरि सरसफाईका क्षेत्रमा काम गरेको संस्थाले गत २०७२ फागुनदेखि चितवनमा पनि कार्यालय स्थापना गरि सरकारी कार्यालय तथा अन्य संघ संस्थामा सफाई कर्मचारी परिचालन गरेको हो ।
संस्थाले गरेको काम राम्रो भएपनि यसको निरन्तरता र बैधानिकतामा संस्थाले थप काम गर्नु आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय चितवनको सुझाव छ ।
भरतपुर बिमानस्थलमा बिमानको उडान थप भएसंगै सफाई कर्मचारीको अभाव सृजना भईरहेका बेला खेम्स किल्निङले दिएको निशुल्क सफाई कर्मचारीका कारण बिमानस्थल सफाईमा ठुलो सहयोग पुगेको भरतपुर बिमान स्थलका प्रवन्धक शिव शर्माले बताए ।
संस्थाले यो कामलाई निरन्तरता दिदै थप कार्यालयहरुमा पनि बिस्तार गर्नु आवश्यक रहेको उहाको भनाई छ । अस्ट्रेलिया लगायत अन्य मुलुकमा रहनुभएका नेपालीहरुको साथ र आर्थिक सहयोगले संस्था सञ्चालन भएको हो । आगामी दिनमा थप ब्यवस्थित र प्रभावकारी ढंगले काम गर्ने संस्थाको योजना छ ।