१७ चैत्र २०७३, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगलाई ढुक्क भएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । उनले निर्वाचनका लागि राजनीतिक वातावरणसमेत बन्दै गएकाबताए ।

निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग विहीवार भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक वातावरण बनाउने काम सरकारले गरिरहेको बताएका हुन् ।
छलफलमा आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको तयारी तीव्र रुपमा भैरहेको र आयोगले निर्धारित समयमै सबै काम सक्ने जानकारी दिएका छन् । भेटमा निर्वाचन आयुक्तहरुले निर्वाचनका लागि अहिलेसम्म भएका तयारी र बाँकी कामहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
चीनबाट स्वदेश फर्केको भोलिपल्टै विहीबार प्रधानमन्त्री दाहालले निर्वाचन आयुक्तहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीले बैशाख ३१ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपन बताएका थिए । निर्वाचन आयुक्तहरुले भने दलीय सहमतिको वातावरण बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

LIVE TV