१७ चैत्र २०७३, बिहीबार
  • कविन्द्र शेर्मा,

पाँचथर । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म मुलुक निर्वाचनको माहौलमा डुवेको छ । यो माहौलको संकेत प्रष्ट छ – जनता अब आफ्ना प्रतिनिधि छान्न लालायित छन् र यो अवसर कुनै पनि हालतमा चुकाउन चाहन्नन् । १९ बर्ष पछि जुरेको त्यो पनि फरक परिदृश्यमा हुन लागेको स्थानीय तहको निर्वाचनको यही माहौलले पूर्वी पहाडी जिल्ला पाँचथरलाई पनि तताएको छ ।

पाँचथरमा निर्बाचनको चहलपहल तीब्र बन्दै छ । १९ बर्षपछि बल्ल हुन लागेको स्थानीय तहको चुनाबमा उमेद्वार हुने होडबाजी सुरु भएसंगै निर्वाचनको पनि गतिविधि सुरु भएको छ। अहिले गाउँपालिका, नगरपालिका तथा वडा अध्यक्षको उम्मेद्वारी बन्ने विषयममा छलफल तीब्र बनेको छ ।
आफु उमेद्वार हुने बिषयमा नेताहरु गाउँ दौडाहामा नै निस्कन थालेका छन् । गाउँ तथा शहरमा साथीभाई तथा आफन्त विचको भेटघाटमा निर्बाचन र उमेद्वारको बिषयले धेरै चर्चा पाउन थालेको छ ।
सर्वसाधरणमा बिगतमा भएको संसदीय निर्वाचन भन्दा अहिले हुन लागेको स्थानीय चुनाबको बढी रौनक बढेको पाइन्छ । आफु तथा आफन्तहरु उमेद्वारका रुपमा बढी सहभागी हुने भएकोले पनि स्थानीय चुनाबको चर्चा पनि बढि हुने गरेको छ ।
पाँचथरमा स्थानीय चुनाब बहिष्कार गर्ने दल नदेखिएकोले पनि सर्बसाधरणमा निर्बाचनको चहलपहल बढेको पाइएको छ । चुनाबको ब्यबस्थापनका लागि जिल्लाका निर्बाचन कार्यालय, राजनीतिक दल, सुरक्षा निकाय र नेताहरुले सर्बपक्षीय बैठक बसेर निर्बाचनको पूर्व तयारीमा जुटेका छन् । बिगतको तुलनामा यसबर्ष मतदाताको संख्या समेत बढेको जिल्ला निर्बाचन कार्यालयको भनाई छ ।
पाँचथरको २ निर्वाचन क्षेत्र, एक नगरपालिका र ३८ गाबिसलाई पुनर्संरचनाबाट एक निर्वाचन क्षेत्र, एक नगरपालिका, ७ गाउँपालिका र ६० वटा वडा बनाइएको छ । निर्वाचन कार्यालयमा १४ वटा राजनीतिक पार्टीले दल दर्ता गराएका छन् । अहिले नेताहरुबीच उम्मेद्वार बन्ने विषयलाई लिएर तीब्र प्रतिष्पर्धा भइरहेको छ ।

 

LIVE TV