१७ चैत्र २०७३, बिहीबार

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारत दुई देशको आपसी हित र सम्बन्धको विकासमा आफनो भूमिका महत्वपूर्ण रहने बताएका हुन् । उनले नेपालमा रहेर काम गर्ने मौका पाएकामा खुसी व्यक्त गरे ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले प्रधानमन्त्री पुष्पकमल दाहालसंग पहिलो शिष्टाचा।र भेट गरेका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा विहीवार भएको भेटमा उहाँले भारतका तर्फबाट सबै किसिमको सहयोगका लागि पहल गर्ने बताएका छन् ।
भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका विविध पक्षका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो । भेटमा राजदूत पुरीले नेपाल भारत सदियौं पुरानो सम्बन्धको स्मरण गर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत पुरीले विहीबार नै परराष्ट्रमन्त्री डा .प्रकाश शरण महतसँग पनि राजदूत पुरीले शिष्टाचार भेट गरेका छन् ।
भेटमा परराष्ट्र मन्त्री डा.महतले नेपालले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै नेपालका सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने बारेमा सरकारले गृहकार्य गरिरहेको बताए ।
यसअघि नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि राजदूत पुरीले छुट्टाछुट्टै भेट गरिसकेका छन् ।

LIVE TV