१७ चैत्र २०७३, बिहीबार

काठमाडौं । दलित मुक्ति आन्दोलनका अगुवाहरुले दलितलाई सुविधा हुने गरी कानुन बनाउन सुझाव दिएका छन् । उनीहरुले दलित समुदायलाई राज्यका तर्फबाट प्रदान गरिने सेवा, सुविधा र छुटको व्यवस्था परिचयपत्रको आधारमा हुने व्यवस्था गर्न माग गरेका छन् ।

नेपाल कानुन समाजले विहिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा दलित अगुवाहरुले सबै दलित समुदायमा अधिकार प्राप्तिको सुनिश्चितता गरिनुपर्ने बताएका हुन् । उनीहरुले दलित समुदायमा स्वास्थ्य, शिक्षा र रोजगार सबैभन्दा ठूलो समस्याका रुपमा रहँदैआएको छ भने सांस्कृतिक रुपमा जातीय छुवाछूतले विभेदमा पारेको आरोप लगाएका थिए ।
राज्यका सबै निकायमा समावेशी सिद्धान्त लागू नभएसम्म आफूहरुको समस्यालाई समाधान गर्न मद्दत नपुग्ने भएकाले कार्यान्वयनमै जानुपर्नेमा उनीहरुको जोड थियो ।
नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले कानुन समाजले दलित समुदाय, सरकारी अधिकारी समेतको सहभागितामा तयार गरेको विधेयकमाथि आजदेखि छलफल सुरु भएको हो ।

LIVE TV