१७ चैत्र २०७३, बिहीबार

काठमाडौं । यमन माझी गायक मात्र नभएर उनी एक कुसल संगीतकार, कम्पोजर, छायाँकार, गीतकार र कलाकार पनि रहेका छन् । उनले प्राय आफ्नो गीतहरुमा आफैले संगीतबद्ध गरेका छन् भने फिचरीङ पनि आफैले गर्दै आएका छन् ।


गायक यमनको चाडैँनै अर्को नयाँ गीत ‘जुध्यो नजर’ सार्वजनिक हुने भएको छ । कार्की सरको शब्द तथा संगीत र कम्पोजिसनमा तयार भएको सो गीतमा गायक यमन माझीले स्वबद्ध गरेका छन् ।


गायक माझीको सो गीतको रेकर्डिङ कार्य भर्खरै मात्र सकिएको छ । रेकर्डीङ सकिएको सो गीतमा पनि दर्शक तथा श्रोताहरुले बेग्लै स्वाद पाउने कुरा गायक माझी बताउँछन् । केहि साता अघि मात्र उनको सार्वजनिक भएको ‘अमेजिङ’ बोलको गीतले पनि दर्शक तथा श्रोताहरुको राम्रो साथ पाईरहेको छ ।
यसरी आफ्नो प्रस्तुतीले दर्शक तथा श्रोताहरुको साथ पाउँदै गर्दा गायक माझी दंग छन्, साथै उनले आफ्नो दर्शक तथा श्रोताहरुलाई हृदय देखिनै आभार प्रकट गरेका छन् ।
यस्तै उनले अब आगामी दिनहरुमा पनि धेरै राम्रो गीतहरु श्रोता तथा दर्शकमाझ ल्याउने तयारीमा रहेको गायक माझी बताउँछन् । दर्शक तथ श्रोताहरुलाई मध्य नजर गर्दै यति बेला आफुले नयाँ प्रस्तुतिको निर्माण गरिरहेको कुरा उल्लेख गरेका छन् ।

LIVE TV