१७ चैत्र २०७३, बिहीबार

सफा र टल्कने दाँत कसलाई मन नपर्ला र? यस्तो दाँतले मानिसको व्यक्तित्वमा नै निखार ल्याउँछ । घरमै भएका मामुली बस्तुहरुको प्रयोगबाट पनि दाँत चम्काउन सकिन्छ ।

१. नून-पानीले कुल्ला गर्नुहोस:

एक कप तातो पानीमा एक चियाचम्चा नून हाल्नुस् र यसलाई माउथवासको रुपमा प्रयोग गर्नुस् ।यसले तपाईको दाँत सेतो बनाउन मद्दत गर्छ र गिजाको पनि स्याहार गर्छ ।

२. स्ट्रबेरी खानुहोस:
स्ट्रवेरीमा मेलिक एसिड नामक तत्व रहेको हुन्छ, जसले दाँत चम्काउन सहयोग गर्छ ।

३. स्याउ खानुहोस:

यसमा मेलिक एसिड हुने भएकाले स्याउको सेवनले पनि दाँतलाई सेतो बनाउन मद्दत पुग्छ ।

४. सेतो खानेकुरा खानुहोस:
तपाई जति सेतो खानेकुरा खानुहुन्छ त्यति नै तपाईंको दाँत सेतो हुँदै जान्छ । चिकेन, भात र माछा खाने गर्नुस् ।

५. चिज खानुहोस:
विशेषगरी कडा चिजमा क्याल्सियम हुने भएकाले दाँतलाई फाइदा पुग्छ र बलियो र सफा बनाउन सहयोग गर्दछ ।

६. पानी र दुध पिउनुहोस:

दुधमा हुने क्याल्सियमले पनि दाँत तथा गिजालाई बलियो र सफा बनाउन मद्दत गर्छ ।यसैगरी रेड वाइनभन्दा ह्वाइट वाइन दाँतका लागि हीतकर हुन्छ ।

७. नरिवलको तेल प्रयोग गर्नुहोस:

एक चम्चा नरिवलको तेल मुखमा हालेर सकेसम्म धेरै बेर कुला गर्नुस् । यस्तो अभ्यासले दाँतमा रहेका ब्याक्टेरियालाई हटाउने र दाँतलाई चिल्लो बनाएर यसमा रहेका दागहरु पनि सफा गर्छ ।

LIVE TV