१६ चैत्र २०७३, बुधबार

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाको पछिल्लो फिल्म ‘पलाँस’ १६ वर्ष तलका बालबालीकाले हेर्न नपाउने भएका छन् । सेन्सरले फिल्मको संवाद एडल्ट भन्दै बालबालीकाको लागि रोक लगाएको निर्मात्री कृषा चौलागाइले जानकारी गराएकी हुन् ।

निर्मात्री चौंलागाइले भनिन्, ‘केहि संवादका कारण आफ्नो ‘पलाँस’लाई सेन्सरले एडल्ट सर्टिफिकेट थमाएको छ ।’ मंगलबार चलचित्र सेन्सरबोर्डले फिल्म ‘पलाँस’लाई सेन्सर गर्दै बालबालीकाको लागि रोक लगाएको हो ।
फिल्ममा अभिनेत्री थापा अधिकांश एक्सन अवतारमा देखिदै आएकी छिन्, यस फिल्ममा भने शिक्षिकाको भुमिकामा देखिएकी छन् । साथै उनको यस फिल्ममा कल गर्लको समेत भूमिका रहेको बुझिएको छ ।
फिल्ममा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया लगायतको अभिनय छ ।

LIVE TV