१६ चैत्र २०७३, बुधबार

बाजुरा । बजुरामा हाड जोर्नी सम्बन्धी ४ दिने निशुल्क शिबिर संचालन भएको छ । शिविरमा रगतको अभाव हुन नदिनका लागि नेपाल पत्रकार महाँसंघ बाजुराले स्थापनाको दिवशको अवसरमा रक्तदान गरेको हो ।

नेपाल रेडक्रस सोसाटी जिल्ला शाखा बाजुराको समन्वय जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा नेपाल अर्थोपेडिक अस्पतालको सहयोगमा सञ्चालित शिबिरमा बाजुराका पत्रकारहरुले रगत दान गरेका थिए ।
बुधबार बाट संचालन भएको शिबिरमा पहिलो दिन मात्र एक हजार बढी बिरामीले चेकजाँच गरेका छन् । सल्यकृया समेत निशुल्क हुँने हुँदा बिरामीको चाप बढ्ने अनुमान गरिएको छ ।

LIVE TV