१६ चैत्र २०७३, बुधबार
  • सुमन कार्की,

पाल्पा । निर्वाचनको मिति नजिकिएसंगै पाल्पामा पनि चुनाबी चलहपहल बढेको छ । १९ बर्ष पछि हुन लागेको स्थानीय निर्वाचनले राजनीतिक दल देखि सर्वसाधारण सम्म उत्साहीत भएको देखिएको छ । राजनीतिक दलहरुले आफ्ना संगठन विस्तार र नेतृत्वको खोजीमा रहेका छन् भने सर्वसाधारणहरु आफ्ना प्रतिनिधिहरु छनौट गर्न व्यस्त देखिएको छ । जिल्लाका क्रियाशिल राजनीतिक दलहरुले आफ्ना गतिविधि र संगठन विस्तारलाई गाउँ केन्द्रित गरेका छन् ।

पाल्पामा द्रोस्रो संविधान सभामा एक निर्वाचन क्षेत्र जितेको नेपाली काग्रेंसले नयाँ संरचनामा पनि कसरी बढी जनताको मत लिन सकिन्छ भनी अभियानहरु संचालन गरेको छ । तोकिएकै समयमा निर्वाचन हुने विश्वासमा उत्साहित भएको र सबै पक्षहरु मिलेर निर्वाचन सफल बनाउनु पर्ने नेपाली काग्रेंसका सभापति वीरबहादुर रानाले बताए ।
राजनीतिक दलका पार्टी कार्यालयमा कार्याकर्ताको बाक्लो उपस्थिती बढेको छ भने कार्य विभाजन गरेर सबै दलहरु गाऊ लागेका छन् । तीन निर्वाचन क्षेत्र मध्ये द्रोस्रो संविधान सभामा दुई स्थान जितेको नेकपा एमाले आफ्नो पुरानो शाखलाई स्थानीय निर्वाचनमा देखाउन खोजेको छ । तोकीएकै समयमा स्थानीय निर्वाचन सफल बनाउने नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले सबैलाई आग्रह गरे ।
पाका नेतादेखि युवा नेताहरुको स्थानीय निर्वाचनमा महत्वकाक्षीका रुपमा देखिए पनि जिल्ला कुनै पनि दलहरुले उम्मेदवारहरुको टुंगो लगाएका छैनन् । तर सबैले आफ्ना पार्टी भित्र आन्तरिक गृह कार्यदेखि आकांक्षीहरुले आफ्नो लबीङ शुरु गरेका छन् । दुई वटा संविधान सभामा भाग लिएपनि स्थानीय निर्वाचनमा नयाँ देखिएको माओवादी केन्द्रले निर्बाचनको दौडधुपमा देखिएका छन् ।
पाल्पा जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको अन्तिम तयारीमा जुटेको छ । निर्वाचन आचार संहिता समेत लागु भएकोले पाल्पाका सरकारी कर्मचारीहरु पनि त्यसको पालना गरेका छन् । पाल्पामा दुई नगरपालिका र ८ वटा गाँउपालिकाको निर्वाचन हुदैछ । निर्वाचन हुने भएपछि जिल्ला ११ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको र निर्बाचनको तयरीमा जुटिरेहेको जिल्ला निर्बाचन कार्यलय पाल्पाका निर्बाचन अधिकृत धर्मा अर्यालले बताए ।
पाल्पामा एक लाख ७१ हजार ८ सय २२ जना मतादाता रहेका छन् भने विभिन्न ११ वटा दलहरु मतदातालाई आफ्नो बनाउन गाँउगाँउमा पुगेर लबिङ गरिरहेको छ ।

 

LIVE TV