१६ चैत्र २०७३, बुधबार

काठमाडौं । नगर विकास कोषले नियम कानून मिचेर सरकारले कोषको अध्यक्ष पदमा गैर सरकारी व्यक्तिलाई नियुक्त गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कोषको सञ्चालक समितिसँग कुनै पनि छलफल र नियम कानुन भन्दा बाहिर गएर मन्त्रिपरिषदबाट गैर सरकारी व्यक्ति नियुक्ती भएको विषयमा कोषले आपत्ति जनाएको हो ।


बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर नगर विकास कोषले अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेर गैर सरकारी व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्न नमिल्ने भन्दै सच्याउन अपिल गरेको छ । कानुनमा उल्लेख भएअनुरुप सरकारले नयाँ अध्यक्ष नियुक्त गर्दा सरकारसँग आवद्ध रहेको वा सचिव पद धारण गरेकोलाई पद दिइने भएपनि सरकारले कानुन विपरित काम गरेको भन्दै सच्याउन माग गरेका थिए ।
कोषका निर्देशक हर्क बहादुर क्षेत्रीले सरकारले निर्णय नसच्याएमा कोषको सञ्चालक समितिले कुनै पनि कार्य नगर्ने बताए ।
कार्यक्रममा कोषका सञ्चालक सदस्यहरुले नियम अनुसार नै संगठन बनाउन र कोषलाई विना समस्या काम गर्न समेत आग्रह गरेका थिए ।

LIVE TV