१६ चैत्र २०७३, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा विशेष समारोहका बीच मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एकअर्काे मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ । सोहि अनुरुप नेपाल आउनु भएका भारतिय सेनाध्यक्ष रावतलाई राष्ट्रपति भण्डारीले महारथीको दर्जा प्रदान गरेकी हुन् ।
चार दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय सेनाध्यक्षले नेपालका महत्वपूर्ण पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरि उहाँले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।

LIVE TV