१६ चैत्र २०७३, बुधबार

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका स्थानीयहरु जंगलमा पाइने अल्लोबाट मनग्य आम्दानी लिन सफल भएका छन् । अल्लो भाग्राको धागो निकाली कपडा बुनेर स्थानीयहरुले व्यवसाय नै संचालन गरि मनग्य आम्दानी गरिरहेका छन् ।


अल्लोको धागोबाट स्थानीयले हातबाट कपडा बुन्दै आएका बजुराका स्थानीय अहिले आधुनिक प्रविधीको प्रयोगसंगै व्यवसायीक उत्पादन थालेका छन् । अल्लो उत्पादन र यसको प्रयोगले उनीहरुको दिनचर्या परिवर्तन भएको बाजुरवासीको भनाई छ ।
अहिले बजुरामा उत्पादन हुने अल्लोको लत्ताकपडा बाहिरी जिल्लाका साथै नेपालबाहिर समेत निर्यात हुदै आएको छ । जिल्लामै प्रशोधन हुन थालेको र बजारको समस्या नभएका कारण अहिले स्थानीय आत्मनिर्भर समेत भएको अल्लो धागो व्यवसायी धनबहादुर रोकायाले बताउनुभयो । अहिले सदरमुकाम मार्तडीमा लक्ष्मी धागो उद्योग स्थापना गरी अल्लोको धागोबाट व्यवसायिक कपडा उद्योग संचालन भइरहेको र दिनचर्यामा परिवर्तन भएको उनको भनाई छ ।

धनबहादर र भाना रोकाले संचालन गरेको धागो उद्योगमा अहिले स्थानीय युवाहरुलाई समेत रोजगारी दिएका छन् । अल्लोको धागोबाट अहिले विभिन्न कपडाहरु उत्पादन भइरहेको छ । अल्लो र सुती मिसाएर अहिले कपडा उत्पादन गरिने गरेको स्थानीयको भनाई छ ।

बजुराको विभिन्न जंगलमा पाईने अल्लोको धागो उत्पादन गरेर बार्षिक २० लाख भन्दा बढी आम्दानी भइरहेको स्थानीयको भनाई छ ।

 

LIVE TV