१६ चैत्र २०७३, बुधबार

काठमाडौं । राप्रपा परित्याग गरेका नेता डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी नामक नयाँ पार्टी गठन गरेका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा उहाँले नयाँ पार्टी घोषणा गरेका छन् ।

नवगठित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीमा केशरबहादुर विष्टलाई वरिष्ठ नेता बनाइएको छ । पहिलो चरणमा अध्यक्ष र वरिष्ठ नेता सहित ७१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत दिशा तर्फ अग्रसर बनाउन नयाँ पार्टी गठन गरेको डा. लोहनीले बताए ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ । निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र आचार संहिता लागू भएकाले प्रक्रिया पूरा गरेर निर्वाचन पछि मात्रै दल दर्ता गर्ने बताएको छ ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकिकरणपछि पार्टीको चुनाव चिन्ह हलो राख्ने सहमति भएपनि एकता महाधिवेशन पछि चुनाव चिन्ह गाई नै राखेको भन्दै असन्तुष्ट बनेका लोहनीले राप्रपा परित्याग गर्नुभएको थियो ।

 

LIVE TV