१६ चैत्र २०७३, बुधबार

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार माहासंघ ६२ औँ वर्षमा प्रवेश गरेको छ । पत्रकारको हकहितमा काम गर्दै आएको महासंघले स्थापनाको ६२ औँ वर्षको अवसरमा देशभर बिभिन्न कार्यक्रमको आयोजना गरियो ।


काठमाडौमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
उनले पत्रकारको सुरक्षा र स्वतन्त्रताको विषयमा अझैपनी धेरै चुनौतीहरु रहेको बताउँदै महासंघले सबै चुनौतीहरुको सामना गर्ने दृढता व्यक्त गरेका छन् ।
अध्यक्ष विष्टले पत्रकारको स्वतन्त्रता हननका घटनामा संख्यात्मक रुपमा कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको बताए । कार्यक्रममा उनले पत्रकारहरुको स्वतन्त्रताका विषयमा पनि धेरै कामहरु गर्न बाँकी रहेको प्रष्ट पारे ।

 

LIVE TV