१६ चैत्र २०७३, बुधबार

काठमाडौं । नेपाली साङ्गिीतीक आकाशमा नव प्रतिभाको जन्म भएको छ । हालैमात्र नवगायीका प्रतिक्षा गुरुङले आफ्नो पहिलो सांङ्गितीक एल्वम् ‘प्रतिक्षा’ सार्बजनिक गरेकी छिन् । बुधवार काठमाण्डौको एम्वेसी होटलमा एक समारोहका वीच विभिन्न कलाकारहरुको उपश्थितीमा एल्वम् सार्वजनिक गरियो ।

विमोचन समारोहमा गुरुङ कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ, बरिष्ठ गीतकार डा. कृष्णहरी बराल, बरिष्ठ गायीका कुन्ती मोक्तान, संगीतकार शिलाबहाद्र मोक्तान, गायीका रिमा गुरुङ, शशी रावल, संगीतकार गैरै सुरेश, गीतकार दीप घतानी, लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

६ वटा गीतहरु समावेस गरिएको एल्बम् ‘प्रतिक्षा’का गीतहरुमा गीतकार डा. कृष्णहरी बराल र दीप घतानीको शब्द रचना गरेका छन् भने सम्पुर्ण गीतको संगीत संगीतकार गैरे सुरेशले भरेका छन् ।

एल्वम्को सफलताको शभकामना दिँदै गीतकार डा. कृष्णहरी बरालले गायीका गुरुङको गायन कलाको प्रसंसा गर्नुभएको थियो । गोरखामा जन्मिएकी प्रतिक्षा पेशाले नर्स हुन् ।

साथै आफ्नो अन्य रुची समाजसेवामा लागी परेकी छिन् । प्रतिक्षा विगत नौ बर्षदेखि निरन्तर संगीत साधनामा थिईन् ।
भिन्न पेशामा लागेपनि निरन्तर साधनाबाट जन्मिएको एल्वम्मा निकै उत्कृष्ट रहेको समारोहमा विष्लेषकहरुले बताएका थिए । एल्वम्को २ वटा गीतको म्युजिक भिडियो तयार भईसकेको छ ।

LIVE TV