१५ चैत्र २०७३, मंगलवार

दाङ । नेकपा ९माओवादी केन्द्र०का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले मधेसी मोर्चाले चुनावमा भाग नलिए पनि चुनाव भएर छाड्ने बताएका छन् ।

मधेसी मोर्चालाई सहमतिमा ल्याउन दल लचिलो भएको प्रेस सेन्टर दाङले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले भने, “मोर्चालाई सहमतिमा ल्याउने काम भइराखेको छ, सहमतिको गृहकार्यमा सरकार र दल लागिपरेका छन् ।”

लामो समयदेखि हुन नसकेको स्थानीय चुनावलाई सफल पार्नुपर्नेमा जोड दिँदै उनले मधेसी मोर्चा पनि चुनावदेखि भाग्न सक्दैन भने ।

नेता पुनले मोर्चालाई सहमतिमा ल्याउन तत्काल संविधान संशोधनको प्रस्ताव अघि बढाउने समेत बताए । “सिमाङ्कनबाहेक अरु विषय संशोधन गर्ने अनौपचारिक सहमति भएको छ”– प्रधानमन्त्री चीनबाट फर्केपछि त्यो सहमतिले औपचारिकता पाउनेछ”– उनले भने ।

LIVE TV