१५ चैत्र २०७३, मंगलवार

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सीमांकनको विवाद टुंगो लगाउन शक्तिशाली आयोग बनाउन पहल गर्ने निर्णय गर्दै तीन दिन लामो केन्द्रीय समिति वैठकलाई टुंग्याएको छ ।

आइतबारदेखि जारी बैठकले संविधान संशोधनको बाँकी विषय संसदमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ । त्यसैगरि बैठकले सीमांकनको विवाद टुंगो लगाउनको लागि आयोग गठन गर्नु पर्ने निष्कर्ष समेत निकालेको छ ।
यसअघि वैठकले सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय समेत गरेको छ ।
केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउन केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।

LIVE TV