१५ चैत्र २०७३, मंगलवार

कञ्चनपुर । कञ्चनपुर जिल्लाको चुरे श्रृंखलामा रहेको झिलमिला ताल धार्मिक पर्यटनको हिसाबले निक्कै सम्भावना बोकेको क्षेत्र भएर पनि यसको प्रबद्र्धन र प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ ।  ठूलो मान्यता बोकेको यस ताल पूर्वाधारको अभावका कारण ओझेलमा पर्न बाध्य भएको छ ।

भारतको पूर्णागिरीको दर्शन पश्चात नेपालको सिद्धबाबाको दर्शन नगरी तीर्थाटन पूरा नहुने धार्मिक मान्यता रहेका कारण सिद्धबाबामा आउने लाखौ दर्शनार्थीहरुले यस क्षेत्रको समेत भ्रमण गर्नुपर्ने भएपनि बाटो घाटो र अन्य पुर्बाधारको अभावका कारण भने कमै मात्र पर्यटक यहाँ पुग्ने गरेका छन् ।
सिद्ध सारोबरको रुपमा मानिने र चुरे श्रृखलामा रहेको उक्त तालमा हजारौ बर्ष देखि एकै किसिमका माछा देखिने र निक्कै मनोरम र रमणीय दृश्य देखिनुका साथै यस तालले समय समयमा आफ्नो रङ्ग समेत फेर्ने गर्दछ ।
रङ्ग फेर्ने अर्थात झिलिमिली भैरहने भएका कारण समेत यस तालको नाम झिलमिला ताल रहन गएको मान्यता छ । भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्रबहादुर डाँगीले यस ताललाई नगपरपालिकाले प्राथमिकतामा राखेको भन्दै सडक निर्माण लगायतका पूर्वाधार निर्माण गर्न नगरपालिका अघि बढने बताएका छन् ।
सुन्दर मनोरम र पर्याप्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएपनि सरकारले यसमा ध्यान दिन नसकेको भन्दै स्थानीयवासीले यसको प्रवद्र्धन र विकासमा ध्यान दिन सरकारसंग आग्रह गरेका छन् ।
यस क्षेत्रमा बिभिन्न समयमा धार्मिक मेला र प्रवचनको समेत आयोजना हुदै आएको छ । यसको प्रवद्र्धन र विकास निर्माणमा ध्यान दिन सके यसले आर्थिक उपार्जनको साथै रोजगारीको अवसर समेत सृजना गर्ने स्थानीयको अपेक्षा छ ।

LIVE TV