१५ चैत्र २०७३, मंगलवार

काठमाडौं । चैतबाट सुरु गर्ने भनिएको थप पाँच जिल्लाको स्वास्थ्य वीमा कार्यक्रम असारसम्मका लागि स्थगित गरिएको छ । निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको भन्दै स्थगित गरेपछि चैतका लागि तय भएको कार्यक्रम असारमा पु¥याइएको हो ।

स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार चैत १ देखि तनहुँ, गोर्खा चितवन, भक्तपुर र झापा जिल्लामा वीमा कार्यक्रम सुरु हुँदै थियो ।
असारमा पहिले नै तय भएका थप पाँच जिल्लामा समेत कार्यक्रम सुरु गर्ने तयारी भएको छ । ती जिल्लाहरुमा जुम्ला, जाजरकोट, रोल्पा, मकवानपुर र महोत्तरी छन् ।
गतवर्ष २५ चैतबाट सुरु भएको स्वास्थ्य वीमा कार्यक्रम अहिले देशका ८ जिल्लामा सञ्चालित छ । अहिलेसम्म कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दीमा स्वास्थ्य वीमा कार्यक्रम लागू भईसकेको छ ।
करीब २३ लाख जनसंख्या भएको ती जिल्लाहरुमा अहिलेसम्म ४५ हजार बढीले नाम दर्ता गराएका छन् । यो कुल जनसंख्याको २ प्रतिशत हो । सरकारले लक्ष्य लिएको जस्तो स्वास्थ्य बिमा कार्यक्रम प्रति आम नागरिकको आकर्षण भने कम पाइएको छ ।

 

LIVE TV