१५ चैत्र २०७३, मंगलवार

विराटनगर । संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तहको पुनर्संरचना गरिएपछि यसको कानुनी आधार र संचालन विधि बारे प्रशिक्षण दिन शुरु गरिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले मुलुकभरका ७४४ जना कार्यकारी अधिकृतहरुलाई स्थानीय तहको संरचना, अधिकार, कार्य संचालन विधिबारे प्रशिक्षण दिन थालिएको हो ।
संघीयताको मौलिक प्रयोगका रुपमा स्थानीय सरकार गठन हुन लागेको र स्थानीय तहलाई धेरै अधिकारहरु प्रत्यायोजित गरिएकाले कार्यकारी अधिकृतहरुलाई प्रशिक्षण दिइएको स्थानीय विकास मंत्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिए ।
विराटनगरमा आयोजना गरिएको तीन दिने प्रशिक्षण कार्यक्रममा एक नं. प्रदेशको १४ जिल्ला र २ नं. प्रदेशको सप्तरी गरी १५ जिल्लाका गाँउपालिका, नगरपालिका र उपमहानगरपालिकाका कार्यकारी अधिकृत र १५ जिल्लाका स्थानीय विकास अधिकारीहरु सहभागी छन् ।

LIVE TV