१५ चैत्र २०७३, मंगलवार

बाजुरा । सरकारले आगामी बैशाख ३१ गतेका लागि स्थानीय निकायको निर्वाचनको घोषणा गरेपछि बाजुराका गाउँगाउँमा पनि चुनावी चहलपहहल ह्वात्तै बढेको छ । चुनाबी चहल पहलले गाउँमा रमझम हुन थालेसंगै सदरमुकाम मार्तडी भने सुनसान भएको बनेको छ ।

निर्वाचनको मिति नजिकिएसंगै जिल्लाका सरकारी कार्यालयमा छिटपुट सेवाग्राही बाहेक अन्य समयको जस्तो भिडभाड भने हुन छोडेको छ । राजनीतिक दलका नेता र कार्यकर्ता भोट माग्न गाउँ–गाउँ पसेकाले सदरमुकाम शून्य जस्तै भएको हो । जिल्ला समन्वय समितीमा यस अघिका बर्षहरुमा यो समयमा कामको भ्याई नभ्याइ हुँने गरेको थियो भने अहिले जिल्ला समन्वयन समितिका कर्मचारीहरु फुर्सदिलो बनेका छन् ।
राजनीतिक दलहरुले गाँउ–गाँउ टोल, छर छिमेक, घट्ट, चौतारा, चिया पसल र विभिन्न कोठे बैठक देखि लिएर विभिन्न ठाँउमा चुनावी प्रचार प्रसार गरिरहेका छन् । वडा र गाउँपालिका र नगरपालिकाको उम्मेद्वारको टिकट हात पार्नका लागि शक्तिकेन्द्रहरु धाउँने क्रमसमेत शुरु भएको छ ।
बडिमालिका नगरपािलका, त्रिवेणी नगरपालिका, बुढीनन्दा नगरपालिका र बुढीगंगा नगरपालिका गरी ४ वटा नगरपालिका र छेडेदह गाँउपालिका, गौमुल गाँउपालिका, हिमाली गाँउपालिका, स्वामीकार्तिक गाँउपालिका र पाण्डव गुफा गाँउपालिका सहित ५ गाँउपालिका रहेको बाजुरामा स्थानीयवासी आफ्नो दललाई मतदान गर्न अनुरोध गर्दै घरदैलो कार्यक्रम समेत चलाउन थालेका छन् ।
राजनीतिक दलहरु गाउँ गाउँ पुगेसंगै सदरमुकाम भने चहलपहल कम भएकाले अहिले व्यापार व्यवसाय पनि शून्यमा झरेको छ ।
सुदूरपश्चिमको विकट पहाडी जिल्लामा पर्ने बाजुरामा यसपटक नयाँ संरचना अनुरुप निर्वाचन हुन लागेपछि स्थानीयवासी हर्षित छन् । जिल्ला सदरमुकाम र केन्द्रमा केन्द्रित अधिकार गाउँसम्म आइपुगेको भन्दै वैशाख ३१ गते आफ्नो स्थानीय प्रतिनिधि छान्न लालायित छन् । कुल ६८ हजार मतादाता भएको बाजुरामा यसअघि संविधानसभामा कायम ७४ मतदान केन्द्रबाट घटाएर ६६ मतदान केन्द्र कायम गरिएको छ ।

LIVE TV