१५ चैत्र २०७३, मंगलवार

काठमाडौं । गत साताबाट दर्शकमाझ रिलीजमा आएको निर्देशक मुकुन्द भट्टको फिल्म ‘लप्पन छप्पन’ले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । उपत्यकाका सिनेमाघरहरुमा सो फिल्मको लागी दर्शहरुको ओईरो अझैंपनि त्यतिकै छन् ।


फिल्मले दर्शकहरुको उतकृष्ट साथ पाउँदै गर्दा आईतबार र सोमबारको कलेक्शन पनि निकै राम्रो रहेको निर्माण पक्षले जानकारी गराएका छन् । ‘लप्पन छप्पन’ फिल्म मनोरञ्जनको खुराकले भरिएको कुरा दर्शकहरुको प्रतिकृया सुनियो भने सो दर्शकहरुको उत्कृष्ट प्रतिकृयाले निर्माण पक्ष पनि दंग छन् ।
फिल्मले अहिले आएर करोडको क्लवमा प्रवेश गरेको निर्माण पक्षले जानकारी गराएका छन्, भने सोही रेसियोमा अहिल कलेक्शन गरिरहेको छ । उपत्यकाका हलहरुमा मात्र नभएर मोफसलमा समेत सो फिल्मले दर्शकहरुको साथ पाईरहेको छ ।
फिल्मको कथावस्तु र प्रस्तुती उत्कृष्ट रहेको दर्शकहरुको भनाई छ । त्यस्तै, फिल्मको कलाकारहरुको अभिनयले पनि फिल्मलाई पुर्ण रुपमा न्याय गरेका बताईएको छ ।
मुकुन्द भट्ट युवा निर्देशक भएपनि उनले दर्शकहरुको चाहना र टेस्टलाई बुझेर उत्कृष्ट काम गरेर देखाएका छन् । ‘लप्पन छप्पन’को आफ्नो कामलाई दर्शकहरुले अधिक मनपराइरेहका समयमा उनले सबै दर्शकहरुलाई आभार प्रकट गर्दै आगामी दिनमा अझ उत्कृष्ट फिल्म लिएर आउने प्रतिवद्धता जनाएका छन् ।
फिल्म सफल भईरहेको समयमा निर्माता डम्बर चन्द निकै उत्साहीत छन् । उनले सबै दर्शकहरुलाई धन्याबाद पनि दिएका छन् । यस्तै उनले फिल्ममा भएका कमि कमजोरीलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि प्रतिक्रिया दिन साबै दर्शकहरुलाई आग्रह पनि गरेका छन् ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी, नव नायक प्रकाश जंग शाह र सिड खरेल, देवु श्रेष्ठ, राजु लामा लगाएतका कलाकारहरु मुख्य भूमिका छन् ।
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्मस्को प्रस्तुति रहेको ‘लप्पन छप्पन’मा चन्द्र पन्त को द्वन्द निर्देशन रहेको छ । फिल्मलाई डम्बर चन्दको निर्माणमा मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

LIVE TV