१४ चैत्र २०७३, सोमबार
  • ऋषिराम बराल

घोडा बिनाको
बग्गी चढेछ कोही
तिमी बिनाको।

जात्रैजात्रामा
बिस्कुन सुकाएको
मेरो यात्रामा

स्वप्ना देखेछु
सेतो घोडा पालेको
कथा लेखेछु ।

सवारी भयो
वायु पङ्खी घोडामा
राजा हैनन् रे !

आँखा छोपेर
हिनहिनाउछ यो
खील रोपेर

जति सिंगार
यही मेरो भाग्यमा
दौडी रहेछु ।

नर सभ्यता
मेरोकाँध थकाई
भयो भब्यता ?

युध्द भूमिमा
लगाम भिराएर
घोडा बनायौ ।

बोका न घोडा
खै के दियौ जिताई ?
तिम्रो साम्राज्य

शास्त्र कहन्छ
अश्र्वमेघ यज्ञले
मिथ्या रहन्न

काल रात्रिमा
तिमी रमिते बन्दा
घोडा नाचेछ ।

नयाँ सालमा
अश्र्वयात्रा गरेर
कृष्ण औंसीमा।

भ्रम परेछ
गुरूमापा राक्षस
घोडाको टाप

( सन्दर्भ घोडे जात्रा २०७३ )

LIVE TV