१४ चैत्र २०७३, सोमबार

काठमाडौं । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते कुनै पनि हालतमा हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार मध्यपुर थिमि नगरपालिकाको २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले चुनाव हुन्छ कि हुदैन भन्ने द्धुविधामा रहनुपर्ने अवस्था नरहेको भन्दै सबै राजनीतिक दल चुनावी तयारीमा जुट्नुपर्ने बताए ।

उपप्रधानमन्त्री थापाले २ दशकपछि स्थानीय सरकारको चुनाव हुन लागेकोले यो महाअभियानमा आन्दोलनरत मधेशी मोर्चालाई समेत सहभागी बनाउने वातावरण तयार गर्न सरकार लागि परेको बताए ।

आन्दोलनरत मोर्चालाई चुनावमा सहभागी गराउन नसकिए देश टुक्र्याउनु पर्छ भन्ने अतिवादीहरुलाई फाईदा पुग्ने उनको तर्क थियो ।

सप्तरीको घटनाका कारण स्थानीय तहको चुनाव नहुने स्थित आएको बताउँदै सरकार बचाउन र चुनाव सुनिश्चित गराउनको लागि मात्रै राप्रपा सरकारमा गएको उनको भनाई थियो ।

LIVE TV