१४ चैत्र २०७३, सोमबार

काठमाडौं । पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भइरहेको भन्दै नयाँ शक्तिले चार जनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले केन्द्रीय परिषद् सदस्यहरुलाई निष्कासन गरेको हो ।

निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई निष्कासन गरेको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

LIVE TV