१४ चैत्र २०७३, सोमबार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने प्रष्ट पारेका छन् ।

सोमवार विराटनगरमा प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गराउन सरकारले तयारी गरिसकेको जानकारी दिए ।

उनले मधेस केन्द्रित दलहरुले पनि निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास भईरहेको बताए ।

गृहमन्त्री निधिले सीमांकनको विवाद समाधान गर्न प्रान्त र संसदको निर्वाचन अघि उच्चस्तरीय आयोग गठन गर्ने गरी मधेसी मोर्चासंग सहमतिको प्रयास भईरहेको बताए । उनले सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको नियुक्ति पनि चाँडै गर्ने बताए ।

सोमवार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री निधीले पूर्वाञ्चलको सुरक्षा स्थिति बारे सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् ।

LIVE TV