१४ चैत्र २०७३, सोमबार
File Photo

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले स्थानीय तह निर्वाचन, संविधान कार्यान्वयन, सरकारमा पार्टीको भूमिकाका विषयमा बोलेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा तराईमा पार्टी संगठन, प्रहरी महानिरिक्षक र राजदूत नियुक्ति लगायत बिषयमा सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

झण्डै ५ महिनापछि हिजो सुरु केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले स्थानीय निर्वाचन तयारी र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका कमजोर देखिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । करिब ६ बर्षपछि हिजै केन्द्रीय सदस्यले कार्यसम्पादन समिति गठन गरेको छ ।

स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै कंग्रेसले घोषणा पत्र बनाउन महेश आचार्यको संयोजकत्वमा मस्यौदा समिति पनि बनाएको छ भने निर्वाचन परिचालनको जिम्मा बरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको समितिलाई दिएको छ ।

LIVE TV