१४ चैत्र २०७३, सोमबार

लामो समयदेखि नेपाली संगीत क्षेत्रमा लागेकी सुरीलो स्वरकी धनी हुन् गायिका शिला गुरुङ । बुबा अमर गुरुङ र आमा सिमा गुरुङको कोखबाट जन्मिएकी उनी सानै उमेरदेखि संगीत क्षेत्रमा लागेर आफ्नो र देशको शिर उच्च पार्न चाहन्थिन् । जुन काम उनले हाल गरिरहेकी छिन् ।

कला र गला नहुनेहरु यो क्षेत्रमा नाम र दाम दुवै कमाउने उद्देश्यले आउने गरेका छन् । तर कला र गला दुवैकी धनी दामभन्दा पनि देश र आफ्नो नाम नेपाली लोक संगीतमा राख्न चाहन्छिन् । उनले यो क्षेत्रमा लागेर नाम निकै कमाएपनि दाम भने कमाउन भन्दा बढी गुमाएको गुनासो गर्छिन् । उनै मिठो स्वरकी धनी गायिका शिला गुरुङसँग गरेको कुराकानीको सम्पादित अंशः

संगीत क्षेत्रमा लाग्नुभएको कति समय भयो ?
सानैदेखि मलाई लोक संगीतको क्षेत्रमा आउने चाहना थियो । म यो क्षेत्रमा लागेको तीन वर्ष भयो ।

कसको प्रेरणाले यो क्षेत्रमा लाग्नुभएको ?
सानैदेखि गीत संगीत निकै मन पर्ने गर्दथ्यो । विद्यालयमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने गरेको थिएँ । त्यो समयमा सधैँ पहिलो हुने गर्दथे । मलाई यहाँसम्म आईपुग्न कसैको प्रेरणाभन्दा पनि आफ्नो शोखले नै हो ।

तपाईंको पहिलो गीत कुन हो ?
मेरो पहिलो गीत ‘छहरे टोखा रोड’, ‘जाँउ घुम्न सँगै सँगै त्रिशुली–नुवाकोट’ हो । त्यो समयमा यो गीत निकै चर्चित बन्यो । यो गीत पछि मलाई धेरै महोत्वसमा अफर आयो । मेरो पहिलो गीतले नै मलाई निकै चर्चित बनायो ।

अहिलेसम्म कतिवटा गीत ल्याउनुभयो ?

अहिलेसम्म बजारमा चारवटा गीतहरू आएका छन् । जसमा छहरे टोखा रोड, जाँउ घुम्न सँगै सँगै त्रिशुली नुवाकोट, पाल्पालीको शिर खाली । जुन अहिले बजारमा निकै चर्चामा रहेको छ । अर्को विष्णुखत्रीसँग गाएको दशैको गीत पनि छ ।

अर्को बढ्यो बढ्यो मंहगी भन्ने गीत रहेको छ । यो गीत पनि निकै राम्रो रहेको छ । केही समयअघि सालैजो गीत रेकर्ड गरेको छु । खेम राना मगरको शब्द संगीत रहेको गीतको भिडियो निर्माण गर्ने तयारीमा रहेको छु ।

अरूको गीतमा पनि आजाव दिनुभएको छ कि आफ्नो मात्र हो ?
अहिलेसम्म आफ्नो मात्र गीत गाएको छु । अरूको गीत गाएको छ्रैन । अफर भने आइनै रहेका छन् ।

तपाईं भिडियो पनि आफ्नै खर्चमा निर्माण गर्नुुहुन्छ हो ?
हो, गीतको भिडियो आफैँले बनाएको छु । सबै गीत आफैँले बनाएको हो ।

गीत–संगीतमा लगानी गरेर आम्दानी हुन्छ ?
लगानी गरेर फाइदा हुने सम्भावना छैन् । म्यानेज गर्नुपर्ने हुन्छ । अहिले एउटा भिडियो निर्माण गरेर बजारमा आँउदासम्म कम्तीमा पनि सवालाख सकिन्छ ।

तपाईंले संगीतको कुनै कक्षा लिनुभएको छ वा संगीत सिक्नुभएको छ कि छैन ?
मैले अहिलेसम्म कुनै पनि कक्षा लिएको छैन । अहिलेसम्म जे भएको त्यो मेरो स्वरकै कारण हो । मलाई मेरो स्वरले निकै साथ दिएको छ । मेरो स्वरमा लोभिनेहरु पनि निकै छन् । जुन मैले जन्मजात नै पाएको छु ।

संगीत क्षेत्रमा लागेर आर्थिक रुपमा सक्षम बन्न सकिन्छ ?
आफूसँग क्षमता चाहिन्छ । कला र गला चाँहिन्छ, यो भयो भने बाँच्न सकिन्छ । त्यसका लागि चिनेको वा सोर्सफोर्स भन्दा पनि आफूमा क्षमता चाहिन्छ ।

परिवारको सहयोग कत्तिको छ ?
यो क्षेत्रमा म आफ्नै बलले मात्र लागेको हुँ । एक्लै सङ्घर्ष गरिरहेको छु । पहिला परिवारले सहयोग नगरेपनि अहिले भने निकै ठूलो सहयोग रहेको छ । नराम्रो भन्नु भएको छैन ।

यो क्षेत्रमा टिक्न कत्तिको सङ्घर्ष गर्नुपर्ने रहेछ ?
सङ्घर्ष त जुनसुकै क्षेत्रमा पनि गर्नुपर्छ । संगीत क्षेत्रमा त झन् आजाव भएन भने कुनै काम छैन ।

यो क्षेत्रमा लाग्न कला र गलाले मात्र पुग्दैन भन्छन् नि हो ?
कुनै एउटा गीत गाउनसाथ आफूलाई गायक वा गायिका भने चर्चा गर्दै हिँड्नेहरुले समस्या पारिरहेका छन् ।

यस्ताका कारण यो क्षेत्रको बदनाम पनि कहीँ न कतै भएको छ । बरु कला गला हुनेहरु पछि परेका छन् । गला हुृनुभन्दा पनि रूप राम्रो हुनेले स्थान पाउँछन् । क्षमता जति नै भए पनि त्यसले स्थान पाउन समस्या नै हुनेरहेछ ।

महोत्सवहरुमा कत्तिको जाने गर्नुभएको छ ?
जाने गरेको छु । आयोजकहरुले बोलाउने गर्नुभएको छ । समय मिलेसम्म जाने गरेको छु ।

आफैँलाई आफ्नो सबैभन्दा बढी मन पर्ने अंग के हो ?
ओठ, मलाई मेरो ओठ निकै मन पर्छ । सबैले तिम्रो ओठ सेक्सी छ भन्छन् ।

यो क्षेत्रमा चाँडै चर्चामा ल्याएदिन्छु भन्ने अफर कतिको आउने गरेका छन् ?
आउन त आउँछ तर आए भन्दैमा आफूे हामफाली हाल्नुहुन्न ? के राम्रो को नराम्रो भनेर आफैँले छुट्याउन सक्नुपर्छ । म सँग कला छ गला छ भने कुनै समस्या छैन् ।

कसैको प्रेममा पर्नुभएको छ कि कसैलाई आफ्नो प्रेममा पार्नुभएको छ ?
म पनि कसैको प्रेममा परेको छैन । अरूलाई पनि पारेको छैन ।

प्रेम के हो जस्तो लाग्छ ?
दुई आत्माको मेल हो ।

तपाईंको विचारमा सेक्स के हो ?
प्राकृतिक बरदान हो । जीवित प्राणीलाई नभई नहुने कुरा हो । जसले संसार चलेको छ । गलत व्याख्या गर्नुहुँदैन ।

दर्शक, श्रोतालाई के भन्न् चाहनुहुन्छ ?
आगामी दिनमा मेरो गीत सुनेर हेरेर माया गरिदिनुहुन अनुरोध गर्दछु ।

LIVE TV