१४ चैत्र २०७३, सोमबार

एजेन्सी । अहिलेका पुस्ता मोवाइल बिना बाच्नै नसक्ने भएका छन् ।मोवाइल बिना दिनचर्या नचल्ने भईसकेको छ । कतिपय त बिना मोवाइल एकछिन पनि बस्न सक्दैनन । बिना कारण पनि मोवाइल हातमा लिइराख्ने र पटक–पटक मोबाइल चेक गरिराख्ने धेरैको बानी हुन्छ । तर कारण बिना नै मोवाइल चेक गरिराख्नुहुन्छ भने यसले तपाईलाई यसले तपाईलाई धेरै हानी गरिराखेको हुन्छ ।पटक–पटक मोबाइल चेक गरिराख्नुहुन्छ भने, विश्वास गर्नुहोस् तपाईं डिप्रेशनको शिकार हुनसक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणले पत्ता लगाएको छ । यसका कारण फोन कम चलाउनुहोस ।

. मोबाइलको अत्यधिक प्रयोगले आँखा र दिमागमा नकारात्मक प्रभाव पर्ने गर्दछ । आँखा कमजोर हुन्छ भने निर्णय लिने क्षमता प्रभावित हुन्छ ।

. खानाको टेबलमा फोनको प्रयोग नगर्नुहोस । राती सुत्न जानुभन्दा पहिले फोन स्विच अफ गर्नेजस्ता बानी समावेश गर्नुहोस ।

. मोबाइलसँगको यो लगावले निकै तनाव पैदा गर्छ । यसबाट बच्नका लागि आफूलाई प्रविधिबाट टाढा राख्ने बानी बसाल्नुहोस् ।

. सुत्नेबेला मोबाइल फोनको प्रयोग नगर्न कोसिस गर्नुहोस् नभए निन्द्रा नपुगेर तनावको कारण हुनसक्छ ।
. महत्वपूर्ण काम सिद्धाएपछि मोबाइल फोन प्रयोग नगर्ने कोसिस गर्नुहोस् । सानो तिनो हिसाब, फोन नम्बर सम्झनका लागि फोनको साटो आफ्नो दिमागको प्रयोग गर्नुहोस् ।

. घर पुगेपछि स्मार्टफोनको इन्टरनेट बन्द गर्नुहोस् ।
आफूलाई केही समयका लागि स्मार्टफोनबाट टाढा राख्नुहोस् । अर्लाम सेट गर्नुहोस् र आफूलाई फोनबाट टाढा राख्नुहोस् ।

. केही दिनका लागि फेसबुक, ह्वाट्सएप र यस्ता एप्स डिसेबल गर्नुहोस् जसको नोटिफिकेसनका कारण तपाईं डिस्टर्ब हुनुहुन्छ ।

LIVE TV