१३ चैत्र २०७३, आईतवार
  • रिया भण्डारी,

काठमाडौं । मौसम चिसोलाई विदा दिए गर्मीमा प्रवेश गरेसंगै मौसमी बिरामीको संख्या वृद्धि भएको छ । त्यस्मा पनि बालबालिकाहरुमा बिभिन्न स्वास्थ्य समस्या देखिएको छ । बालबालिकामा झाडापखाला बान्ता ज्वरो निमोनिया रुघाखोकी जस्ता स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको चाप बढेकोले आफ्नो बालबालिका प्रति सचेत हुन चिकित्सकहरुले सबैलाई सुझाब दिएका छन् ।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने भएकाले उनीहरुको स्याहारसुसारमा बढी ध्यान पु¥याउनुपर्छ । गर्मी महिनामा बच्चामा देखिने प्रमुख समस्यामा झाडापखाला ,निमोनिया भाइरल इन्फेक्सन हेपाटाइटिस , छालाको समस्या र रुघाखोकी जस्ता समस्या हुने बरिष्ठ बाल रोग बिशेषज्ञ डा कृष्ण पौडेल बताउँछन् ।
गर्मी मौसममा धँुवा र धूलोका कारण वातावरण प्रदूषित भई श्वासप्रश्वाससम्बन्धि समस्या बढ्न सक्छ । प्रायः चैत वैसाख महिनामा बच्चाहरुमा छाती घ्यारघ्यार हुने र घाँटी दुख्ने समस्या बढी पाइन्छ । अहिले कान्ति बाल अस्पतालमा बिभिन्न स्वास्थ्य समस्या लिएर बिभिन्न जिल्लाबाट आउँने बिरामीको संख्यामा बृदि भएको अस्पतालले जनाएको छ ।
गएको एक महिनामा कान्ति बाल अस्पताल आउने बिरामीको संख्या १५ हजार ८ सय ११ पुगेको छ । त्यस्तै १ हप्तामा ४ हजार एक सय ७३ बिरामी बालबालिका अस्पताल आएका छन् । खानपान र सरसफाईका कारण बालबालिकामा समस्या बढ्दै गएकोले आफ्नो बालबालिका प्रति सचेत हुन् बालरोग बिशेषज्ञ डा कृष्ण पौडेलको सुझाब छ ।
आइतबार कान्तिबाल अस्पतालमा आउने बिरामीको संख्या ५२५ रहेको छ । बिशेष गरि राजधानीका बालबालिकामा बायु प्रदुषण र पानीको कारणले बढी संक्रमण देखिने गरेकोले चिकित्सकहरुले सतर्क रहन सुझाव दिएका छन् । रोग लागेर उपचार र अस्पतालको सास्ती भन्दा रोगै लाग्न नदिनु बुदिमानी भन्ने भनाइलाई अनुसरण गर्दै आफ्ना बालबालिकालाई सम्भावित स्वास्थ्य समस्याबाट बचाउन आवश्यक छ ।

 

LIVE TV