१३ चैत्र २०७३, आईतवार

भक्तपुर । भक्तपुर गुठी संस्थानमा सहायक प्रशासक एवं सूचना अधिकारी छत्रबहादुर पौडेललाई ५० हजार नगद घुस सहित अख्तियारले रंगेहात पक्राउ परेको छ ।

साविकको बागेश्वरी गाबिस वडा न.४ हाल चाँगु नगरपालिका वडा न.७ मा उमानाथ तिमलसेनाको नाममा रेहेको ३ रोपनी गुठीको जग्गा छोराहरुको नाममा जोत नामसारी गर्ने क्रममा पौडेलले ५० हजार घुस लिँदा लिँदै कार्यालमै अख्तियारले नियन्त्रणमा लिएको हो ।
एक हप्ता अघि अख्तियारमा उजुरी परेपछि उनलाई अख्तियारका कर्मचारीको निगरानीमा राखेको र आइतबार बिहानै देखि उनीमाथि निगरानि बढाए पछि झन्डै २ बजे पौडेलले नगद पचास हजार लिँदै गर्दा अख्तिायरले नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
कित्ता नं ३०६ रहेको उक्त जग्गा जोत नामसारी गर्न पैसा नलाग्ने भएता पनि काम गर्न आनाकानी गरे पछि पहिला पाँच हजार दिँदा समेत पौडेलले आफू पाँच हजार खाने मान्छे नभएको भन्दै सेवाग्राहीलाई हप्काएका थिए ।
सेवाग्रहीलाई हप्काएपछि उनीहरु अख्तियारमा पुगेको र पचास हजारमा माने पछि उनलाई अख्तियारले उपलब्ध गराएको पैंसा सहित नियन्त्रण लिएको हो ।

LIVE TV