१३ चैत्र २०७३, आईतवार

मुगु । मुगुमा महिला तथा बालबालिका कार्यालयमा जेष्ठ नागरिक परिचय पत्र लिनेकोे संख्या बढेको छ । राज्यले जेष्ठ नागरिकहरुलाई औषधि उपचार, जहाज, गाडी भाडाजस्ता विभिन्न सेवामा सहुलियत दिने ब्यवस्था गरेसंगै परिचय पत्र लिनेको भीड बाक्लो देखिने गरेको हो ।

राज्यले कर्णाली अञ्चलमा ६० देखी ७० वर्ष उम्मेरसम्मका बृद्धाहरुलाई १ हजार, ७० वर्ष माथिका लागि २ हजार जेष्ठ नागरिक भत्ता उपलव्ध गराउने व्यवस्था लागू गरेपछि बृद्धबृद्धामा खुशी छाएको छ । उनीहरु हिँडेर टाढा टाढाबाट परिचय पत्र लिन आइपुगेका छन् ।
गत कार्तिकदेखि परिचय पत्र बितरण सुरु गरेपनि यो साता भने परिचय पत्र लिनेहरुको बढी भिड लागेको महिला तथा बालबालिका कार्यलयले जनाएको छ । दैनिक ४० जना देखि ८० जनाले परिचयपत्र बनाउने गरेका छन् ।
गत कार्तिक देखि फागुन मसान्तसम्ममा करिव ५ सय २९ जना लाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरिएको महिला तर्था बालबालीका कार्यालय मुगुक निमित्त महिला तथा बालबालिका अधिकृत कृष्ण चन्दले बताउनुभयो ।
राज्य पुनर्संरचनासंगै जेष्ठ नागरिकहरुले यातायात, औषधी उपचारमा सहुलियत सुबिधा पाउने भएपछि बृद्धबृद्धाहरुको आकर्षण बढेको हो ।

 

LIVE TV