१३ चैत्र २०७३, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा आपराधिक कृयाकलाप गर्ने आतङ्ककारी समुह रहेको जिकिर गरेका छन् । उनले जनता मारेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गतिविधि खतरनाक रहेको बताए ।

आइतबार दिउँसो पार्टी कार्यालय काठमाडौंको धुम्बाराहीमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले दुई नम्बर प्रदेशमा जनतालाई मारेर त्यसको लाभ लिने काम गैर राजनीतिक भएको बताए । उनले आफ्नो राजनीतिक भलाइको लागि जनतालाई बिचमा नपार्न आग्रह गरे ।
शपथ ग्रहण लगत्तै बसेको बैठकमा एमालेले चैत्र १६ र १७ गते २ नम्बर प्रदेशमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । बैठकमा निर्वाचनको लागि केन्द्रीय घोषणापत्र निर्माणको बारेमा छलफल गरिएको थियो ।

LIVE TV